अर्थमन्त्री र गभर्नरबीच पानी बाराबार : वार्षिकोत्सवमासमेत बोलाएन राष्ट्र बैंकले

अर्थमन्त्री र गभर्नरबीच पानी बाराबार : वार्षिकोत्सवमासमेत बोलाएन राष्ट्र बैंकले

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा बैंकले अर्थमन्त्री जनार्दन शर्मालाई नबोलाएको पाइएको छ ।

पछिल्लो समय अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध कोलाहलपूर्ण छ । अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही दिनअघि गभर्नर अधिकारीविरुद्ध गोप्य सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो । 

कार्यक्रममा अर्थमन्त्रीलाई नबोलाइएको अर्थ मन्त्रिका प्रेस संयोजक अजित अधिकारीले केन्द्रबिन्दुलाई जानकारी दिए । उनले भने ‘हामीलाई कुनै जानकारी आएको छैन । न त कुनै पत्र नै आएको छ ।’ 

सोही विषयमा नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले आफूलाई कुनै जानकारी नभएको बताएका छन् । केन्द्रबिन्दुसँग उनले भने ‘कार्यक्रममा कसलाई बोलाउने, कसलाई नबोलाउने भन्ने आयोजक कमिटीको हातमा हुन्छ । म सूचना अधिकारी भएकाले मलाई प्रहार गर्न खोज्नुभएको होला मलाई यो विषयमा जानकारी नै छैन ।’

सूचना अधिकारी पोखरेललाई आयोजक कमिटीको सम्पर्क उपलब्ध गराउन अनुरोध गर्दा उनले भने ‘उहाँहरू सबै फिल्डमा हुनुहुन्छ । नम्बर लिएर के गर्नुहुन्छ ? अहिले नम्बर दिन मिल्दैन, छैन ।’

निलम्बनपछि आफूलाई हटाउने उद्देश्यले सरकारले निलम्बन गरेको भन्दै जाँचबुझ आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका अधिकारीलाई अदालतले निलम्बन नगरी काममा फर्किने गरी अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतमा रहेको गभर्नर अधिकारीमाथिको मुद्दामा दुवै पक्षको बहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ।  

Logo