कारोबार हुने साताको चौथो दिन बुधबार (आज) शेयर बजारमा सामान्य सुधार आएको छ। मंगलबार १५ दशमलव शून्य २ अंकले घटेको बजार आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा पुगेको छ ।
बुधबार २२८ वटा धितोपत्रको २८ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार १३ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी बिकास बैँक समूहको १ दशमलव ८२ प्रतिशतले बढेको हो।
त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको ५ करोड २१ लाख १३ हजार ३३२ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।





























प्रतिक्रिया