१९ दशमलव ९७ अङ्कले घट्याे नेप्से

१९ दशमलव ९७ अङ्कले घट्याे नेप्से

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर दुई हजार ३५६ दशमलव २० बिन्दुमा झरेको छ।

सबै समूहको शेयर आज ओरालो लागेको छ। नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ। २२६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै आईएमई जनरल इन्स्याेरेन्स कम्पनीको पाँच करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ। 

Logo