नेपालकै नम्बर एक बैंकको परिचय स्थापित गर्न सफल एनआईसी एशिया बैंकले बैंकिङ क्षेत्रमा ज्येष्ठ नागरिकहरूको पहुँच बढाउने उद्देश्यसहित ‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खातबाट ज्येष्ठ नागरिकहरूले पाँच वर्षसम्मका लागि ८४ लाखसम्मको नि:शुल्क बिमासहित २४ अतुलनीय फाइदा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’ मा तीन वटा श्रेणीहरू रहेका छन् – एम्बेसडर, प्राइड र पार्टनर । जसमध्येको एम्बेसडर श्रेणीको खाता खोल्न न्यूनतम मौज्दात एक लाख रुपैयाँ लाग्ने बैंकले जनाएका छ । त्यसैगरी प्राइड श्रेणीको खातामा ५० हजार रुपैयाँ न्यूनतम मौज्दात रहने व्यवस्था बैंकले गरेको छ भने पार्टनर श्रेणीको खातामा २५ हजार रुपैयाँ न्यूनतम मौज्दात रहनुपर्नेछ । यी तीन श्रेणीमध्ये एम्बेसडर श्रेणीमा ग्राहकले प्राप्त गर्ने फाइदा निकै नै अतुलनीय रहेको बैंकले जनाएको छ । एम्बेसडर श्रेणीको ग्राहकलाई बैंकले आफ्नो एम्बेसडर सरह नै लिनका लागि अत्यधिक फाइदा सहितको फाइदा दिन लागेको हो ।
यस एम्बेसडर श्रेणीमा बैंकले खातावालाहरूलाई ८४ लाख रुपैयाँ बराबरको नि:शुल्क बीमा फाइदा समेत उपलब्ध गराएको छ । जसमा ४० लाख रुपैयाँको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखको औषधोपचार बीमा रहने छन् । औषधोपचार बीमामा ८० हजार ओपिडी तर्फ र ३ लाख २० हजार हस्पिटलाइजेसन तर्फ छुट्याइएको छ । सम्पूर्ण बीमा फाइदा ५ वर्षका लागि बैंकले नि:शुल्क रहने व्यवस्था गरेको छ । बीमा फाइदाहरू बापत लाग्ने प्रिमियम बैंक स्वयंले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्नेछ । यस श्रेणीमा खातावालाका अतिरिक्त निजले तोकेका अन्य ३ व्यक्तिहरू समेतले प्रतिव्यक्ति रु। २१ सम्मको गरी कुल रु ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध छ । २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा फाइदा उपलब्ध गराउने योजना अनुरूप बैंकले हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकलाई बीमा बापत रु ४ करोड ३० लाख भन्दा बढी रकम सहज रूपमा भुक्तान गरिसकेको जनाएको छ ।
‘सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता’का बचतकर्ताहरूले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जा फाइदा नेपाल राष्ट्र बैंक तथा यस बैंकको विद्यमान व्यवस्थाको पालना गरी सहुलियत ब्याजदर (बेस रेटमा थप १ प्रतिशत) तथा ०.२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न सकिने कर्जा फाइदा पूर्व स्वीकृत कर्जा हो । उदाहरणको लागि यदि ग्राहकको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत रु. १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहकले रु १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरूप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रु। १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नेछन् । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।
यसका साथै खातावालाले डिम्याट खाता र मेरो सेयर शुल्कसमेत ५ वर्षको लागि नि:शुल्क पाउने एनआईसी एसियाले जानकारी दिएको छ । यसका साथै पोटफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षका लागि ५० प्रतिशत छुटमा बैंकले उपलब्ध गराउने छ। त्यस्तै डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, ई–कमर्स सुचारु, लकर शुल्क लगायतका सेवा समेत ५ वर्षका लागि नि:शुल्क उपलब्ध गराएको छ। यसका अतिरिक्त पनि ग्राहकहरूले बैंकबाट कर्जा र प्रभिजेज बैंकिङ लगायतमा लाभ लिन सक्नेछन्। एनआईसी एशिया बैंकले विगत केही वर्षहरूमा आफूलाई पुँजी, वित्तीय विवरण, शाखा तथा एटिएम सञ्जाल लगायतका क्षेत्रहरूमा देशकै सबैभन्दा ठूला बैंकहरू मध्ये एक प्रमुख बैंकको रूपमा विशिष्ट पहिचान बनाएको छ। यस बैंकले देशकै मुख्य वित्तीय केन्द्रहरूमा आफ्नो ३५८ शाखा, ४७३ एटिएम काउन्टर, ८१ शाखारहित बैंकिङ्ग र १०० एक्सटेन्सन काउन्टरसहित सबैभन्दा ठुलो सञ्जाल निर्माण गरिसकेको छ। बैंकले हाल ३० लाख भन्दा बढी ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।





























प्रतिक्रिया