अर्थमन्त्री शर्माद्वारा सभामुख सापकोटासमक्ष बजेट ‘ब्रिफिङ’

अर्थमन्त्री शर्माद्वारा सभामुख सापकोटासमक्ष बजेट ‘ब्रिफिङ’

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन् ।

शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए।  

उक्त अवसरमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थसचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति रहेको थियो।

Logo