जहाज बेपत्ता अपडेट : विमानमा १९ यात्रु थिए

जहाज बेपत्ता अपडेट : विमानमा १९ यात्रु थिए

केन्द्रबिन्दु
0
Shares

जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो। यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ। एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ। यसअघि बिहान समिट एयरको २ वटा जहाज जोमसोम पुगिसकेका थिए।

Logo