सरकारले निजी क्षेत्रको वर्षौं पुरानो माग पूरा गर्दै विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने नीति ल्याएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट बेच्न पाइने व्यवस्था मिलाइएको जानकारी दिए ।
आइतबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै शर्माले १ सयभन्दा बढी युनिटको अपार्टमेन्ट बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था मिलाइएको जानकारी दिए।
शर्माले भने, 'नीजि क्षेत्रलाई १०० भन्दा युनिट रहने अपार्टमेन्टहरूको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिनेगरी कानुनी व्यवस्था गरिनेछ।'





























प्रतिक्रिया