सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’, डिजिटल बैंकिङ्ग सहज हुने

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’, डिजिटल बैंकिङ्ग सहज हुने

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ। ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो। 

ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस.एम.एस.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम मा गएर पिन परिवर्तन गर्नु पर्नेछ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ शाखा कार्यालय तथा ११७ वटा ए.टि. एम संचालनमा रहेका छन्। 

Logo