पुँजीबजार सुधारको माग गर्दै तिलक कोइराला फेरि अनशन बस्ने

पुँजीबजार सुधारको माग गर्दै तिलक कोइराला फेरि अनशन बस्ने

केन्द्रबिन्दु
0
Shares

पुँजीबजार सुधारको माग गर्दै संघर्ष समितिका संयोजक तिलक कोइराला भोलिदेखि पुनः आमरण अनशन बस्ने भएका छन् ।

मंगलवार अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले आमरण अनशनको सर्मथनमा नौ वटा संघसंगठनहरुको साथ समर्थन रहेको जानकारी दिए । कोइरालाले संघर्ष समितिले यसअघि बुझाएको १९ बुँदे मागहरु नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले पूरा गर्न नसकेकाले पुनः आमरण अनसन बस्न बाध्य भएको उल्लेख गरे । उनले ५२ लाख लगानीकर्ताको लगानी सुरक्षित गरेर पुँजीबजारलाई बचाउन आन्दोलनमा होमिएको जानकारी दिँदै कोइरालाले पुँजीबजार सुरक्षित नरहे धितोपत्र बोर्डको अस्तित्व समेत नरहने जिकिर गरे । समितिले बारम्बार नेप्सेको पुनःसंरचना देखि ब्रोकर संख्या थप, बैंकलाई ब्रोकर लाइसेन्स माग राख्दै आए पनि अहिलेसम्म कुनै पनि माग सम्बोधन नभएकाले सडक आन्दोलन हुँदै बाध्य भएर अनसन बस्नु बाध्य भएको बताउनुभयो । उनले भने, ‘पुँजीबजारलाई जोगाउन अनशनको निर्णय गरेका हौं । धितोपत्र बोर्डले अनशन नै बस्न दिँदैन भनेर बल प्रयोग ग¥यो भने त्यसको विकल्प जनताले खोज्नेछन् । त्यस्तो हस्तक्षेप गरे बोर्डको कार्यालय रहने की नरहने भन्ने कुरा कै अनिश्चित हुन सक्छ । हाम्रो १९ बुँदे मागमा कुनै पनि माग सम्बोधन भएको छैन । नेप्सेको पुनःसंरचना भएको छैन । ब्रोकरहरुको क्षमता विस्तार, ब्रोकर संख्या वृद्धि गर्ने काम भएन ।’
कोइरालाले पुँजीबजार विस्तारवादी,साम्राज्यवादीहरु, वित्तीय साम्राज्यवादीहरुको एजेन्डहरुले लगानी गर्ने ठाउँ भनेर सोच बनाए घातक हुने बताए ।
 

Logo