मूल्यवृद्धिविरुद्ध युवा संघ र अनेरास्ववियुको विरोध प्रदर्शन

मूल्यवृद्धिविरुद्ध युवा संघ र अनेरास्ववियुको विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

लमजुङको सदरमुकाम बेंसीशहरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल लमजुङ र अनेरास्ववियु लमजुङले संयुक्त कार्यक्रमको आयोजना गरी मूल्यवृद्धिको विरोध गरेको हो । 

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रीय सचिव जुन तामाङले सरकारले अस्वाभाविक रूपमा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको तामाङले बताए ।

सरकारले पछिल्लो समय इन्धन लगायत खाद्य सामाग्रीमा अस्वाभाविक रूपमा बढाएको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेकोका यो निर्णय तत्काल खारेजको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएको तामाङले बताए ।

Logo