वायुसेवा सञ्चालकले हवाई भाडा बढाएका छन् । आयल निगमनले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालकले पनि भाडा बढाएका हुन् ।
वायुसेवा संचालक संघका अनुसार सबैभन्दा धेरै काठमाडौं-धनगढी रुटमा सबैभन्दा धेरै २२० रुपैयाँ भाडा बढेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ४५ रुपैयाँ बढेको छ ।
अब धनगढीको अधिकतम भाडा १७०२५ पुगेको छ । यस्तै काठमाडौं–नेपालगञ्जको भाडा १३९८० हुँदा काठमाडौं–सुर्खेतको भाडा १४९९५ पुगेको छ । निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९, १७:४१:०० शेयर गर्नुहोस्:
































प्रतिक्रिया