आगामी असार ३२ गते शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डमा कार्ट्स रेस प्रतियोगिता ‘कार्ट्समान्डु’ हुने भएको छ ।
सिलालम सिस्टमबाट हुने सो प्रतियोगितामा कार्ट्सको तालिमप्राप्त नेसनल ड्राइभरहरु सहभागी हुनेछन् ।
नासा नेपालको आयोजनामा हुने सो प्रतियोगितामा कलेज टु ट्रयाकबाट छानिएका र अन्य तालिम प्राप्त गरी करिव दुई दर्जन सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिता विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने नासा नेपालले जनाएको छ ।
एफआईए एसिया प्यासिफिकको कार्टिङ सिलालमको विधि अनुसार खेलाइने सो प्रतियोगिताको सुरुवातमै प्रतियोगीहरुलाई ओरिएन्टेसन गरिने छ भने प्रतियोगितामा तालिम प्राप्त मार्सलहरुद्वारा मार्सलिङ गरिने नासा महासचिव सुशील तण्डुकारले बताए ।
हाल यसका लागि ५ कार्ट्स उपलब्ध छन् । पेट्रोल इन्जिनबाट चल्ने होन्डा जीएक्स २०० सीसीयुक्त यी कार्ट्स फ्रेम ३२ एमएम स्पेसल स्टिल अलोयले बनेको छ । डिस्क ब्रेकयुक्त वेट क्लचयुक्त कार्ट्स सिंगल सिटर छ । यसले गर्दा एक एक जनाको प्रतिस्पर्धा आयोजना गरिने छ ।





























प्रतिक्रिया