‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार साउन १ गतेदेखि

‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार साउन १ गतेदेखि


हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ।

बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो।

दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन्। एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन्।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ। मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

दुवै कम्पनीबीच वैशाख २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सोही कारण अहिले दोश्रो बजारमा यी दुवै कम्पनीको कारोबार रोक्का छ।

Logo