दराज र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) बीच साझेदारी

दराज र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) बीच साझेदारी

केन्द्रबिन्दु
0
Shares

नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रि पेमेन्ट प्रवद्र्धन गर्न सम्झौता गरेको छ । 

आफ्नो अर्डरको लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रि पेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले (नेप्स) अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन ।

यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीइओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो ।
ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्वीच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ । 

दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरू मार्फत भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ ।

ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन । संकलित भौचरहरु चेक आउटको समयमा स्वचालित रूपमा लागू हुनेछन ।
 

Logo