चीनीयाँ अटो निर्माता विवाडीले अब जापानमा पनि कारोवार गर्ने

चीनीयाँ अटो निर्माता विवाडीले अब जापानमा पनि कारोवार गर्ने

केन्द्रबिन्दु
0
Shares

चीनीयाँ अटो निर्माता विवाडीले अर्को वर्षदेखी जापानमा पनि कारोवार गर्ने भएको छ । 

उसले अर्को वर्षदेखी जापनामा इलेक्ट्रिक कारको कारोवार थाल्ने औपचारिक घोषण गरेसंगै यो यात्रा शुरु भएको हो । अर्को वर्ष अर्थात सन् २०२३ को सुरुवाती महिनाबाट जापानमा कारोवार थाल्ने कम्पनीले योजना बनाएको छ ।

विवाइडी नेपाली बजारमा समेत रुचाइएको इलेक्ट्रिक कार हो । हाल यो व्रान्डको ई६ मोडल इभी पारखीको रोजाइमा पर्न सफल भैरहेको छ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले छिट्टै एट्टो३ मोडललाई लन्च गर्ने तयारी गरिरहेको छ । यो कारमा लामो रेन्ज दिने व्लेड व्याट्रीको प्रयोग गरिएको छ ।

अटो उत्पादनमा ख्याती कमाएको जापनिज बजारमा उसले सवैभन्दा पहिले एट्टो३ मोडललाई उतार्नेछ । त्यसपछि क्रमिक रुपमा डल्फिन र सिल मोडलका कारको समेत कारोबार थाल्ने जनाइएको छ । केही समयअघिमात्र विद्युतिय कारको बिक्रिमा टेस्लालाई पछि पारेको विवाइडीले पछिल्लो समय विश्वभर बजार बिस्तार गर्दै लगेको छ ।

यो व्रान्डको हाल नर्वे, न्यूजिल्यान्ड, सिंगापूर, ब्राजिल, कोस्टारिका र कोलम्वियामा प्लग इन हाइव्रिड र व्याट्री इलेक्ट्रिक कारको कारोबार गर्दै आइरहेको छ । चीन लगायत एसियाका अन्य बजारमा समेत उसले कारोवार बिस्तार गरिरहेको छ ।

Logo