उत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत उठ्न सक्दैन : शेखर गोल्छा

उत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत उठ्न सक्दैन : शेखर गोल्छा

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने÷ नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन् । आज नेकपा एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताएका हुन् ।

उनले अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ ? यो समयमा के आयात गर्नुहुन्छ ? के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको बताए ।

निजी क्षेत्र स्वाभवैले नाफामुखीमा विश्वास गर्ने कुरा अस्वीकार गर्न नसक्ने उनको भनाइ थियो ।  निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कस्ट अफ डुइङ अत्याधिक हुनु रहेको अध्यक्ष गोल्छाको दाबी छ ।

उनले जबसम्म कस्ट अफ डुइङ बिजनेश नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने जिकिर गरे । अध्यक्ष गोल्छाले उत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत नउठ्ने बताए । बैंकको ब्याजदर ६ महिनामा ७० प्रतिशत  बढ्नु राम्रो नभएको अध्यक्ष गोल्छाकाे भनाइ थियो ।
 

Logo