५१ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा, २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा

५१ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा, २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकको आर्थिक वर्ष ०७८/०७९ मा खुदनाफा ५१.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६० करोड खुदनाफा गरेको छ । 

अघिल्लो बर्ष बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार नाफा आर्जन गरेको थियो । त्यस्तै  बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँबाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ६० करोड ३२ लाख ७६ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

१२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ रहेको छ । १ खर्ब ७८ करोड ६५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट घटेर १.२० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ । बैंकको कर्जा-निक्षेप अनुपात ७८.७९ रहेकोे छ ।
 

Logo