बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न फेरी स्थानीयको रोक

बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न फेरी स्थानीयको रोक


काठमाडौंको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न फेरी स्थानीयले रोकेका छन् । 

काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरि रोकेका हुन् । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व(सूचनाबिना नै रोक लगाएको  काठमाडौं  महानगरपालिकाले जनाएको छ । स्थानीयवासीले सडक निर्माण पूरा  नगरी  फोहोर लैजान नदिने उनीहरूले बताएका छन् । 

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको  काठमाडौं महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन् ।

ल्यान्डफिल साइड जाने सडकका कारण एक हप्तादेखि  उपत्यकाको फोहोर रोकेको थियो।  बुधबार सडक मर्मत गरी आजदेखि फोहोर उठाउन सुरु गरिएको थियो । स्थानीयलाई फोहोरले समस्या दिएको भन्दै रोकेका हुन् । स्थानीयले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ । 

Logo