बी.वाई.डी “२०२२ को लागि फर्च्युन ग्लोबल ५०० सूची” मा पर्न सफल भएको छ । यसले सन् २०२२ को पहिलो ६ महिनामा ६ लाख ३८ हजार १५७ न्यू एनर्जी प्यासेन्जर गाडी विक्री गरेको छ ।
जसको वार्षिक वृद्धिदर ३२४ दशमलव ८ प्रतिशत रहेको छ । जबकी गत वर्ष बी.वाई.डी ले ७ लाख ३० हजार ९३ हजार प्यासेन्जर गाडी विक्री गरेको थियो गरेको छ । ती मध्ये ५ लाख ९३ हजार ७४५ वटा न्यू प्यासेन्जर गाडी हुन् ।
गत वर्षको वार्षिक वृद्धिदर २३१ दशमलव ६ प्रतिशत रहेको थियो । बी.वाई.डी को न्यू एनर्जी गाडीले चार सयभन्दाबढी शहरहरुमा आफ्नो छाप छाडिसकेको छ । कार्बन उत्सर्जनको कमी र न्यू एनर्जीको विकास नै बी.वाई.डी को प्राथमिकता रहेको छ ।





























प्रतिक्रिया