आइटेलद्वारा क्रिकेटर अमितलाई सद्भावना दुत घोषणा

आइटेलद्वारा क्रिकेटर अमितलाई सद्भावना दुत घोषणा

केन्द्रबिन्दु
0
Shares

विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आईटेल) ले सद्भावना दुत घोषणा गरेको छ । 

महालक्ष्मी मोबाईल आईटेलले सोमवार एक कार्यक्रमको आयोजना गरेर क्रिकेटर अमितलाई एक वर्षको सम्झौता गरी सद्भावना दुत नियुक्त गरेको हो । आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २८ वर्षीय अमितले कुनै प्रतियोगिता खेल्दा आइटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउनेछन् । 

दायाँ हाते ब्याट्सम्यान अमितले नेपालको यु-१९ टोलीबाट समेत खेलिसकेका छन् भने घरेलु प्रतियोगितामा लगातार दुई शतक प्रहार गरेका छन्  । विरगञ्जबाट खेलेका अमितले सन् २०१२ मा दुई शतक बनाएका थिए । सन २०१७ बाट प्रयोगमा आएको आईटेल हाल अहिले १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेलले जानकारी दिए । 

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण पुलिसका कप्तानसँग सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलको लागि हामीले केही गरौं भनेर क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं ।’ उनले भने, ‘खेलाडीलाई पनि सहयोग होस र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं ।’ पौडेलका अनुसार अमितले प्रयोग गर्ने खेल सामग्री करिव १ लाख २० हजारसम्म हुन जाने बताए । 

यस्तै अमितले भविष्यमा क्रिकेट खेल्नक लागि आईटेलसँगको सहकार्यले राहत पुग्ने बताए ।‘यो सहकार्यको लागि आइटेललाई धन्यवाद । यसले मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ’ उनले भने ।

Logo