कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले सबैलाई भ्रम बनाइदियो

कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले सबैलाई भ्रम बनाइदियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओहिरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिंदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए ।

यद्यपी सो बारे कुनै निर्णय नभएको र मन्त्रिपरिषदमा प्रस्ताव पनि नलगगिएको उर्जामन्त्री बर्षमान पुनले स्पष्ट पारिसकेका छन् । अधिकांश फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले उनलाई बधाई र शुभकामना दिन हतारिनुकोपछि उनको नाममा खोलिएको एक फेक ट्वीटर अकाउन्ट पाईएको छ ।

उक्त अकाउन्टबाट एक ट्वीट मार्फत् भनिएको छ ,”आजको मन्त्रीपरिषद बैठकले आगामी कार्यकालको लागि तपाईंको आफ्नै कुलमान घिसिङलाई पुनः नेपाल बिद्धुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। अबको कार्यकाल बिद्धुत बिस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ।”

यस्तो ट्वीटपछि सामाजिक सञ्जाल एकाएक रंगियो । कुलमान नेपालीका एक त्यस्ता प्रिय पात्र हुन् जसले दैनिक १८ घण्टा लामो कहालिलाग्दो लोडसेडिङको अन्त्य गरिदिएका छन् । उज्यालो नेपालका अभियन्ता घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ ।

सर्वसाधारणलाई उनको बहिर्गमनपछि फेरि अन्धकारमा बस्नु पर्ने पो हो की भन्ने आशंका उब्जिएकाले पनि उनी यती धेरै चर्चाका पात्र बनेका हुन् । लामो समय घाटामा रहेको बिद्युत प्राधिकरणलाई उनी आएदेखि निरन्तर नाफाको बाटोमा पुर्याए । लामो समय लोडसेडिङको समस्यासंग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेकाछन् । यतिबेला सामाजिक सञ्जालमा कुलमानको पुनः नियुक्तको खबरले भने नक्कली अकाउन्टबाटै भए पनि खुशी तुल्याएको छ ।नेपाल समाचारपत्रबाट

Logo