वैशाख १३ अघि एलसी खोलिएका ८५० वटा कार, जीप र भ्यान नेपाल आउने भएका छन् । सरकारले वैशाख १३ गते राजपत्रमा सुचना प्रकाशन गरी विभिन्न १० प्रकारका सामानको आयतमा पूर्ण प्रतिवन्ध लगाएको थियो ।
उक्त सुचनामा प्रतिवन्ध लागु हुनुअघि एलसी खोलिएका मोटरसाइकल र मोवाइलको आयत सुचारु हुने उल्लेख भएपनि गाडीवारे कुनै उल्लेख नभएका कारण ती गाडी भन्सारमा रोकिएका थिए ।
सो समयअघि एलसी खोलेर भन्सार नाकासम्म आइपुगेका सवरीसाधनको जाँचपाँसमा कानुनी अड्चन देखिएपछि सरकारले पुन राजपत्रमा सूचना प्रकाशन गरी उक्त सयमअघि एलसी खोलीएका सवारीसाधनलाई नेपाल आउने बाटो खुल्ला गर्न लागेको हो ।
यससंगै भन्सारमा रोकिएका विभिन्न ब्रान्डका ती गाडी नेपाल आउने र यसले नजिकिँदै गरेको फेस्टिवल सिजनमा केही हदसम्म भएपनि राहत दिने व्यवसायीले महशुस गरेका छन् ।
विदेखी मुद्राको संचितीमा दवाव परेको भन्दै सरकारले पहिलोपटक वैशाख १३ देखी असार मसान्तसम्मका लागी कम्वस्चन इन्जिन जडित सवै प्रकारका प्यासेन्जर कार र २५० सिसी माथीका मोटरसाइकलको आयतमा प्रतिवन्ध लागएको थियो । उक्त प्रतिवन्धलाई कडाई गर्दै साउन १ देखी भदौ १४ सम्मका लागी पुन कार र १५० सिसी माथीका मोटरसाइकलको आयतमा प्रतिवन्ध लगाउँदै आइरहेको छ ।
आयतमाथीको प्रतिवन्ध लम्विदै गएपछि अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले घोषित अटो शो नै वन्द गर्नु परेको थियो । यद्यपी उसले असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो भने आयोजना गर्ने निर्णय गरेको छ ।





























प्रतिक्रिया