एनएमबी बैंकको ७ वटै प्रदेशका शाखा प्रमुखमा महिला हुने भएका छन् ।
बैंकले सोमबार एभरेष्ट होटलमा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका दिदिबहिनीहरुसँग अनुभव साट्ने उद्देश्यका साथ अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै प्रत्येक प्रदेशको एनएमबी बैंक शाखामा महिला शाखा प्रमख हुने जानकारी दिएको हो ।
.jpg)
प्रदेश नम्बर १ को टंकिसिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरी शाखामा मालिका ठाकुर, बागमती प्रदेश बल्खु शाखामा प्रफुल्ला मानन्धर, गण्डकी प्रदेश चाउथे शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेश भलबारी शाखा प्रमुखमा सिता भुसाल र सुदुरपश्चिम प्रदेश धनगढी शाखामा नन्द कुमारी भण्डारी शाखा प्रमुख रहने बैंकले जनाएको छ ।
.jpg)
७ वटा प्रदेशमध्ये कर्णाली प्रदेशमा भने एनएमबी बैंकको शाखा नभएकोले चाँडै शाखा विस्तार गरेर त्यहाँ पनि महिला शाखा प्रमुख राखिने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।
बैंकले आयोजना गरेको उक्त कार्यक्रममा एनएमबी बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु र विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत महिला प्रमुखहरुको उपस्थिती थियो ।
.jpg)
देशभर २०१ शाखा रहेको यस बैंकले १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टहरु मार्फत उच्च सेवा प्रदान गर्दै आइरहेको छ । एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोच्च बैंककै उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । उक्त बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा ४ पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।






























प्रतिक्रिया