काठमाडौं । निसान लिफ इलेक्ट्रीक एसयूभीमा बम्पर छुट घोषणा भएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ लाई लक्षित गर्दै निसान लिफमा २० लाख रुपैयाँ छुट घोषणा गरेको हो ।
निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पका अनुसार यसअघि ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ अब ४४ लाख ९९ हजार रुपैयाँमै आउने भएको हो ।
निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
यसमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ । निसान लिफले १४८ बीएचपीको पावर र ३२० एनएमको टर्क दिन्छ । गाडीभित्र रहेको ७ इन्चको कलरफूल कस्टमाएबल एमोलेड डिस्प्लेमा पावर मिटर, चार्ज टाइम, र इन्फोटेन्मेन्ट जस्ता उपकरण राखिएका छन् ।
यस गाडीमा भएको इपेडल प्रविधिका कारण एउटा पेडलबाटै चलाउन सकिन्छ । एउटै पेडलले ब्रेक र एक्सिलेरेटरको काम गर्दछ ।





























प्रतिक्रिया