महिन्द्राको तीन वटा गाडी सार्वजनिक, कुनको मूल्य कति ?

महिन्द्राको तीन वटा गाडी सार्वजनिक, कुनको मूल्य कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महिन्द्राले प्योर इलेक्ट्रीक एसयूभी एक्सईभी-नाइन ई आजबाट सुरु गरेको छ। महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले नाइमा मोविलिटी एक्स्पो मार्फत एक्सईभी-नाइन ई एसयूभी बिक्री सुरु गरेको हो ।
एक्सईभी-नाइन ई मूल्य ६७ लाख ५० हजार रूपैयाँ मूल्य राखेर बिक्री सुरु गरेको छ ।

कम्पनीले एक्सईभी-नाइन ई को ३ भेरियन्ट सार्वजनिक गरेको छ । जसमा बेस भेरियन्ट (प्याक १) को मूल्य ६७ लाख ५० हजार, प्याक २ को ७५ लाख ५० हजार र प्याक ३ टप भेरियन्टको ९३ लाख रुपैयाँ तोकेको छ ।

एक्सईभी-९ईमा दुई ब्याट्री अप्सनमा आएको छ । सानो ५९ किलोवाट आवरको ब्याट्रीले ४०० किलोमिटर र ठूलो ७९ किलोवाट आवरको ब्याट्रीले ५५० किलोमिटर माथि रेन्ज दिनेछ । यसको ब्याट्रीमा फास्ट चार्जिङ पनि रहेको छ । कम्पनीका अनुसार १७५ किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्ने एसयूभीलाई २० देखि ८० प्रतिशत केबल २० मिनेटमा गर्न सकिनेछ ।

यसको ड्यासबोर्डमा तीनवटा स्कृन दिएको छ । १२.३ इन्ज साइजका तीन स्कृन एक आपसमा जोडिएका छन् । १६ वटा स्पीकर, १४०० वाटको हर्मन कार्डनको साउन्ड सिस्टम, वेलकम र मेरोरी सिट, अगाडि सिट बोस मोड उपलब्ध छ । वायरलेस चार्जर, एलइडी लाइट सहितको प्यानारोमिक क्लास रुफ दिइएको छ ।

यसको लम्बाइ ४७८९ एमएम छ भने चौडाइ १९०७ एमएम छ । चौडाइको आधारमा यसलाई निकै फराकिलो मान्न सकिन्छ । उचाइमा पनि सम्झौंता भएको छैन । यसमा १६९४ एमएम अग्लो हाइट दिइएको छ ।

Logo