काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत लक्ष्मी अटोमोटिभ डिभिजनले आयोजना गरेको ‘लक्सपेरिएन्स’कार्यक्रम आयोजना भएको छ । शनिबारदेखि काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा यो कार्यक्रमा आयोजना भएको हो
कार्यक्रम साझँ ६ बजेसम्म चल्नेछ । ग्रुपले प्रिमियमदेखि मास–सेग्मेन्टसम्म सबै स्तरका ग्राहकलाई लक्षित गर्दै बीएमडब्ल्यू, हुन्डाइ, केई रफर्थिङ ब्रान्डका गाडीहरू एउटै छानामुनि प्रदर्शन गरेको हो।
प्रिमियम सेग्मेन्टमा बीएमडब्ल्यूको सम्पूर्ण लाइनअप—आईएक्स थ्री, आईएक्स वन, एक्स–फाइभदेखि नेपालमै सबैभन्दा महँगो कारसमेत प्रदर्शनीमा राखिएको छ। हुन्डाइ ब्रान्डअन्तर्गत भने नेपाली उपभोक्ताले वर्षौंदेखि मन पराएका लोकप्रिय मोडलदेखि नयाँ एसयूभीसम्म देखाइएको छ।
केई ब्रान्डमा इ–क्युट ०२, इ–क्युट ०४ जस्ता कम मूल्यका मोडलदेखि एक्स–थ्री प्रो जस्ता अफोर्डेबल एसयूभीसम्म प्रदर्शनमा राखिएका छन्। यो कार्यक्रम गाडीको बिक्रीभन्दा पनि ग्राहकसँगको सम्बन्ध र अनुभवमा केन्द्रित रहेको लक्ष्मी ग्रुप, कार डिभिजन प्रमुख दीपक थपालियाले बताए।
बीएमडब्ल्यू एक्सपियरेन्स ड्राइभ अन्तगर्त बीएमडब्ल्यूका सवारी साधन चलाएर अनुभव लिने अवसर समेत रहेको छ । कार्यक्रममा लाइभ संगीतको आनन्द लिने र विभिन्न रमाइला खेलहरू राखिएको छ। कार्यक्रममा सहभागी हुनेहरूका लागि आकर्षक उपहार र पुरस्कारहरूको व्यवस्था गरिएको छ ।
परिवारका लागि निःशुल्क पौडी खेल्ने सुविधा र बच्चाहरूका लागि विशेष किड्स जोनको व्यवस्था गरिएको छ । नेल आर्ट, मेहेन्दी, गाडीको एक्सचेन्ज तथा मूल्याङ्कन, फाइनान्स तथा बिमासम्बन्धी जानकारी र थप रमाइला गतिविधिहरूले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।































प्रतिक्रिया