ट्रम्प भारत आइपुगे (भिडियोसहित)

ट्रम्प भारत आइपुगे (भिडियोसहित)


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको राजधानी अहमदाबाद आइपुगेका छन् ।

राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपाेर्टमा स्वागत गरेका छन् । ट्रम्पसँगै अमेरिकाकी फस्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् ।

ट्रम्पले अहमदाबादमा रहेको मोटेरा स्टेडियममा भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo