काठमाडौंमा ‘आठौं नेपाल हायर एजुकेसन फेयर २०२२’ सुरु भएको छ । आइतबारबाट एभरेष्ट होटलमा सुरु भएको सो मेला २ दिनसम्म चल्नेछ ।
मेला प्लस २ सकेर बसेका र नेपालमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको हो । यो मेला विगत ८ वर्ष देखि सञ्चालन हुँदै आइरहेको छ । मेलामा ५० भन्दा बढी कलेजहरुको सहभागिता रहेको छ । मेलाका संयोजक तारामान रावलका अनुसार मेला बिहान १० बजे सुरु भई बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । यो वर्षको मेलामा नेपालमा भएका सम्पूर्ण विश्वविद्यालयको सहभागिता रहेको उनले जानकारी दिए ।
उनका अनुसार यसपटकको मेलामा न्याथम र शंकरदेवलगायत अन्य कलेजहरुलाई पनि समेटिएको छ । यसवर्षको मेला स्वदेशमै ‘शिक्षा सबैको इच्छा’ नारासहित नेपालको शिक्षा गुणस्तरहीन छ, नेपालको शिक्षा पद्दतीले राम्रो शिक्षा दिँदैन, रोजगारमुलक शिक्षा दिँदैन भन्ने जुन भ्रम सिर्जना गरिएको छ त्यो भ्रमलाई चिर्नका लागी मेला आयोजना गरिएको हो ।
ब्याचलर लेभलको शिक्षा भविष्य केन्द्रित भएकाले नेपालमा पनि अन्तराष्ट्रिय शिक्षा प्राप्त गर्न सकिन्छ भनि ५० भन्दा सबै कलेजहरुलाई एउटै छानामुनि ल्याई विद्यार्थीलगायत अभिभावकहरुलाई बोलाइ काउन्सिलिङ सेसनका रुपमा मेला आयोजना गरिएको संयोजक रावलले बताए ।
उनले विदेशमा पढ्न जानु नराम्रो होइन तर पढ्न भनेर श्रम गर्न जानु नराम्रो भएको बताए । मेलामा सहभागी विद्यार्थीहरुले क्युएफएक्स मुभिको टिकट, ल्यापटप, मोवाइलको रिचार्जकार्ड लगायत वस्तुहरु गिफ्टह्याम्पर प्राप्त गर्नसक्ने पनि उनले जानकारी दिए ।
मेलाका केहि तस्बिरहरु





























प्रतिक्रिया