आइइसी कलेजद्वारा ‘आइइसी इन्टेरिओ स्किमा इलेभेन’ सञ्चालन

आइइसी कलेजद्वारा ‘आइइसी इन्टेरिओ स्किमा इलेभेन’ सञ्चालन

केन्द्रबिन्दु
0
Shares

आइइसी कलेज अफ आर्ट एन्ड फेसनले ‘आइइसी इन्टेरिओ स्किमा इलेभेन’ कार्यक्रम सञ्चालन गरेको छ । 

शनिबार काठमाडौंस्थित होटल र्याडिसनमा सञ्चालित सो कार्यक्रममा पहिलो दिन मुख्य अतिथिका रुपमा नायिका सुरक्षा पन्तलाई बोलाइएको थियो । २ दिन सञ्चालन हुने कार्यक्रममा दोस्रो तथा अन्तिम दिन महानायक राजेश हमाल लगायत कलाकारहरुलाई पनि आमन्त्रण गरिएको छ । 

आइइसी इन्टेरिओ इलेभेन वार्षिक रुपमा सञ्चालन हुने गर्छ । यो कार्यक्रमको सुरुवात कलेजले सन् २०११ देखि गर्दै आएको छ । यो कार्यक्रमको आयोजना आइइसी कलेजमै पढ्ने सन् २०१९ अन्तिम ब्याचका विद्यार्थीहरुले आफ्नो थेसिस पुरा गर्नका लागि गरेका हुन् । कार्यक्रममा दर्शकका रुपमा कर्पोरेत, इन्जिनियरिङ र आर्किटेक्चर क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो । यो कार्यक्रम मार्फत विद्यार्थीहरुले शरिरको संरचना र तीन आयामका बारेमा जान्नेछन् । 

कार्यक्रममार्फत विद्यार्थीहरुले आफुले जानेका सिपबाट विभिन्न प्रकारको डिजाइन र कन्सेप्ट निमार्ण गर्न र अनुभव बटुली दर्शक माझ आफुले दिन खोजेको सन्देश पुर्याउन खोज्नेछन् । आइइसी इन्टेरिओ इलेभेन कार्यक्रम गर्नुको मुख्य उद्देश्य ठुलो जन समुहमा इन्टेरियर डिजाइनका सिद्धान्त र अभ्यासबारे शिक्षा दिनु हो । यी बाहेक कार्यक्रममार्फत भविष्यका विद्यार्थीहरुका लागि अवसर र सचेतना फैलाई भविष्यका लागि सफल उद्यमी बनाउन यो कार्यक्रम सञ्चालन गरिएको  कलेजले जनाएको छ । 

Logo