एनिम्याक्स एनिमेशन एकेडेमी, जहाँ ७० प्रतिशतसम्म छुट पाइन्छ !

एनिम्याक्स एनिमेशन एकेडेमी, जहाँ ७० प्रतिशतसम्म छुट पाइन्छ !

केन्द्रबिन्दु
0
Shares

कम्प्युटर एसोशिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको इन्फोडेभलपर्स क्यान इन्फोटेक -२०२३ भृकुटीमण्डपमा जारी छ । 

उक्त मेलामा विभिन्न ऐनिमेशन एकेडेमीहरुको स्टल राखिएको छ । जसबाट इच्छुक व्यक्तिले आवश्यक जानकारी प्राप्त गर्न सक्ने छन् । जसमध्य एनिम्याक्स एनिमेशन एकेडेमी पनि एक हो ।   

माघ २९ गतेसम्म चल्ने मेलाको अवसरमा एनिम्याक्स एनिमेशन एकेडेमीले विद्यार्थीहरुका लागि विशेष छुट ल्याएको एकेडेमीका सीइओ समिर जोशी बताउँछन् । “उक्त प्रदर्शनीको बेला भर्ना हुने विद्यार्थीका लागि २५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं”, उनले भने, “एनिमेशन सम्बन्धी कुनै पनि कोर्स गर्नको लागि विद्यार्थीहरुले प्रदर्शनीमा आएर विषेश छुटको फाइदा लिन सक्नु हुनेछ ।”

एकेडेमीका सिइओ जोशीका अनुसार ३ महिने देखि २ वर्षेसम्मको कोर्स हुन्छ । जसमा ग्राफिक, भिएफएक्स, गेमिङ र एनिमेशनका कोर्स हुनेछ । विद्यार्थीहरुको लागि एड्भान्स डिप्लोमा इन मल्टिमिडिया एण्ड एनिमेशनमा ग्राफिक्स डिजाइनिङ, पोष्ट प्रोडक्सशन एण्ड भिएफएक्स, स्केचिङ एण्ड स्टोरी बोर्डिङ, टुडी एण्ड थ्रीडी ऐनिमेशन र एड्भान्स थ्रीडी ऐनिमेशनका कोर्स उपलब्ध छ । 

यसका साथै यस एकेडेमीले डिप्लोमा इन मल्टिमिडिया टेक्नोलोजी, डिप्लोमा इन डिजिटल एनिमेशन, सर्टिफाइड कोर्स इन डिजिटल फोटोग्राफी, सर्टिफाइड कोर्स इन वेब डिजाइनिङ एण्ड होस्टिङ, सर्टिफाइड कोर्स इन पोष्ट प्रोडक्शन र सर्टिफाइड कोर्स इन ग्रार्फिक डिजाइनिङका कोर्स पढाउँदै आएको छ । 

एनिमेशनको मार्केट धेरै राम्रो भएको सिइओ जोशी बताउँछन् । “सानोदेखि ठूला मार्केटमा जानको लागि त्यस सम्बन्धी ज्ञान हुन आवश्यक छ”, उनले भने, “त्यसैले इच्छुक व्यक्ति सबैले पढ्न सक्ने हिसाबले हामीले सस्तोमा सबै कोर्सहरु उपलब्ध गराएका छौं ।” 

उनले थपे- “हामीले कोर्स अनुसार विद्यार्थीलाई २५ देखि ७० प्रतिशतसम्म छात्रावृद्धि पनि दिएका छौं ।”

अर्कोतर्फ यस एकेडेमीले विगत ८ वर्षदेखि विभिन्न प्रोजेक्टमा काम गर्दै आएका सिइओ जोशीको भनाई छ । उनका अनुसार एकेडेमीले विभिन्न डिजाइनका विज्ञापन बनाउनुका साथै फिल्ममा पनि काम गर्ने गरेको छ । 

२०१४ सालमा स्थापना भएको यस एकेडेमीले बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्दै आएको दाबी गरेको छ । यसको काठमाडौं उपत्यकामा ३ वटा शाखा रहेको छ । शाखाहरु काठमाडौंको जमलस्थित सिद्धी भवन, भक्तपुरको गापाली–४, सूर्यबिनायक र ललितपुरको प्रयोग पोखरीमा रहेको एकेडेमीले जनाएको छ । 

Logo