बैतडीमा पाठ्यपुस्तक वितरण सुरु

बैतडीमा पाठ्यपुस्तक वितरण सुरु

केन्द्रबिन्दु
0
Shares

जिल्लाभरका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा ६८ हजार पाठ्यपुस्तक आवश्यक पर्नेमा सबै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

‘कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ८६ हजार पाठ्यपुस्तक आवश्यक रहेको र सबै आइपुगेको छ , उनले भने, ‘ आइपुगेका पाठ्यपुस्तकको ढुवानी कार्य जारी रहेको र विद्यार्थीलाई वितरण गर्न तयारी पनि थालिएको छ ।’

जिल्लाभर हाल भर्ना अभियान सञ्चालन रहेको छ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, ‘भर्ना अभियान पछि पाठ्यपुस्तक वितरण गरिने छ ।’

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको र भर्ना अभियानपछि आयोजित कार्यक्रममा पाठ्यपुस्तक वितरण गरिने सुन्दरखालीस्थित दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताए । जिल्लामा पाँच सय ६२ विद्यालय छन् ।

Logo