आइएसएमटी कलेजका ३६७ विद्यार्थी दीक्षित

आइएसएमटी कलेजका ३६७ विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
0
Shares

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधिमैत्री आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

होटल याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३६७ जना विद्यार्थी दीक्षित भएका हुन् । सो कार्यक्रममा विश्वविद्यालयका उच्च तहका प्रतिनिधिहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो । 

नेपालमा राम्रो शिक्षा प्रदान गर्ने संस्थाको रूपमा परिचित रहेको यस आइएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज संचालन गरिरहेको छ ।

Logo