गेटवे कलेज अफ प्रोफेसनल स्टडिजकाे व्याच २०१९ को कोर्स समापन कार्यक्रम सम्पन्न

गेटवे कलेज अफ प्रोफेसनल स्टडिजकाे व्याच २०१९ को कोर्स समापन कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बसुन्धरामा रहेका गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले व्याच २०१९ को कोर्स समापन कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका सहायक परिक्षा नियन्त्रक मेनुका श्रेष्ठ एबं अन्य अतिथिका रूपमा यसै कलेजमा प्राध्यापन गरिरहेका पर्यटन तथा अतिथी सत्कार विज्ञ प्रा.डा. रमेश राज कुँवर एबं बिद्यार्थी, अन्तर्राष्ट्रिय तालिम विज्ञ, अविभावक, कलेजका प्राध्यापक, कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा कलेजकी संस्थापक प्राचार्य डाली खनालले संस्थापना कालदेखि कलेजले उत्कृष्ट नतिजा लिएर आउनुमा शिक्षकको मेहेनत, बिद्यार्थीको लगनशीलता, एबं अविभावकको मेहनत लाई संस्थाले सधैँ उच्च सम्मान गर्ने जानकारी दिइन् । प्रयोगात्मक शिक्षाले विद्यार्थी लाई निखार्ने एवं वर्तमान परिस्थितिमा समायोजनमा सहयोग पुग्ने उनले जानकारी दिइन् । 

त्यस्तै, कलेजका संस्थापक अध्यक्ष सुरेश केसीले वेभ हस्पिटालिटीअन्तर्गत, रेष्टुरेन्ट, बैंक्वैट, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुललगायतको संस्था कलेजको पूर्ण व्यवस्थापनमा संचालनमा लिएर आउने जानकारी गराउँदै कलेजलाई यो स्थानमा लिएर आउने सरोकारवालाहरु लाई धन्यवाद दिँदै विद्यार्थीहरुलाई आगामी दिनमा कलेजले फरक ढंगले पढाइका अतिरिक्त अन्य विभिन्न समयअनुकूल बिभीन्न शैक्षिक गतिविधिहरुलाई अगाडि बढाउँदै जाने बताए । 

Logo