प्रिमियर इन्टरनेसनल स्कुलले मनायाे साहित्यिक सप्ताह

प्रिमियर इन्टरनेसनल स्कुलले मनायाे साहित्यिक सप्ताह

केन्द्रबिन्दु
0
Shares

प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले यसै साता विभिन्न कार्यक्रम गर्दै साहित्यिक सप्ताह सम्पन्न गरेको छ ।

‘नेपाली भाषा तथा साहित्यलाई माथि उठाउनुपर्छ र जर्गेना गर्दै विकासतर्फ लैजानुपर्छ’ भन्ने मूल नाराका साथ हरेक वर्षझै यस वर्ष पनि स्कुलले साहित्यिक सप्ताह मनाएको हो । महोत्सवमा विद्यार्थीहरुले वरिष्ठ साहित्यकारसँग साक्षात्कार गर्ने, अनुभव साटासाट गर्ने र साहित्यका विभिन्न विधामा छलफल गर्ने अवसर पाएका थिए ।

महोत्सवमा विद्यार्थीहरुले वरिष्ठ साहित्यकार माया ठकुरीसँग जीवनका भोगाइको अनुभव साटासाट गर्ने मौका पाए । साथै नेपाली संस्कृति र भाषालाई नाटकका माध्यमबाट अभिव्यक्त गरी देशलाई विभिन्न मुलुकमा चिनाउँदै आएका पुरु लम्सालसँग कक्षा ८ र ९ का विद्यार्थीहरुले मनझाँक्री नाटकको बारेमा विस्तृत प्रश्नोतर र समालोचना गर्ने अवसर पाएका थिए । लोक कथाकार प्रवीण अधिकारीसँग लोक कथाका विशेषता, लोक कथाका महत्व बुझ्ने अवसर विद्यार्थीहरुले पाए ।

साथै प्रिमियर स्कुलकी विद्यालय निर्देशक र लेखिका पवित्रा लिम्बूले कक्षा १ का स–साना विद्यार्थी भाइबहिनीलाई कथावाचन सिकाइ तथा अभिभावकलाई कथाले कलिला बाल मस्तिष्कमा पार्ने प्रभावका बारेमा छलफल गरिन् । असार ११ देखि १५ गतेसम्म सञ्चालित साहित्य महोत्सवको समापन कार्यक्रम प्रिमियर स्कुलकै प्राङ्गणमा गरिएको थियो ।

समापनका दिन विद्यार्थीले मनझाँक्री नाटकको मञ्चन गरे भने गद्य शैलीमा कविता वाचन पनि गरे । विद्यार्थीहरुका हरेक कथा साहित्यका हिस्सा बन्न सक्छन् भन्ने विषयमा पुरु लम्साल, अनन्त वाग्ले, अनुराधा र बुद्धिसागरसँग सामूहिक छलफल पनि भएकाे थियाे । कार्यक्रमको सहजकर्ताको भूमिका विद्यालयकै प्लस–२ तर्फका संयोजक तथा नेपाली विभागका प्रमुख अच्युत लम्सालले गरेका थिए ।

 

Logo