एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा अबको दुई दिनभित्र प्रकाशन गर्ने तयारी गरेको छ। गत चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र प्रकाशन गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बस्ने छ। सकेसम्म भोली (बिहीवार) यदि प्राविधिक कारण नसकेमा पर्सि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डको भनाई छ। चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । 

Logo