लिटल एन्जल्स कलेजकाे ‘एलएसीएम कार्निभल २०२३’ सम्पन्न

लिटल एन्जल्स कलेजकाे ‘एलएसीएम कार्निभल २०२३’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिटल एन्जल्स कलेजका ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्ट (बिएचएम) अध्ययनरत विद्यार्थीहरुले शनिबार ‘एलएसिएम कार्निभल २०२३’ आयोजना गरेका छन् । कलेजका बिएचएम छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक सिकाईअन्तर्गत कार्निभल २०२३ को आयोजना गरेका हुन् । 

ललितपुरको हात्तीवनस्थित कलेजको प्राङ्गणमा सम्पन्न कार्निभलमा विभिन्न थरीका खानाका परिकार, खेलकुद, संगीतलगायत अन्य कार्यक्रमहरु पनि समावेश गरिएको थियो । त्यस्तै, कार्निभलमा स्थानीय कलाकार, कलेजका विद्यार्थीहरुका साथमा अन्य चर्चित ब्यान्डहरुले सांगीतिक प्रस्तुती दिएका थिए । 

कार्यक्रमको आयोजक विद्यार्थीहरु भन्छन्, ‘हामी बिएचएम छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक सिकाइअन्तर्गत कार्निभलको आयोजना गरेका हौँ । जसले हामीलाई सैद्धान्तिकका साथै व्यवहारिक ज्ञानमा समेत सहयोग गरेको छ । कार्यक्रमका लागि आवश्यक सहयोग जुटाउने, कलाकारहरु बोलाउने लगायतका सबै व्यवस्थापन हामी आफैंले गरेका हौँ । यसले हाम्रो करियरमा सहयोग पुर्याउने छ ।’ 

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकलगायत ७ हजार बढीको सहभागिता रहेको थियो । बिएचएम अध्ययनरत विद्यार्थीहरुले अन्तिम वर्षको प्रयोगात्मक सिकाइअन्तर्गत हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्दै आएका छन् । हाल सम्पन्न कार्निभल चौथो संस्करण हो ।

Logo