बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता

केन्द्रबिन्दु
112
Shares

विराटनगर। सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ।

आफूहरुको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो।

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढुवा प्रक्रिया अघि बढाउन सहमत भएपछि आन्दोलन स्थगित भएको हो। फागुन ६ गतेदेखि बढुवाका लागि अन्तर्वार्ता सञ्चालन गर्न सहमति गरिएको छ।

प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय गरेको हो। उक्त निर्णयपछि उपकुलपतिको कार्यालयमा भएको छलफलमा आन्दोलन फिर्ता लिने र शिक्षक कर्मचारी काममा फर्कने सहमति भएको हो।

आफूहरुको माग पूरा गर्न प्रतिष्ठान व्यवस्थापन सहमत भएपछि आन्दोलन स्थगित गरिएको कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज अहमत खानले जानकारी बताए। उनका अनुसार फागनु ६ गतेदेखि अन्तर्वार्ता सञ्चालन गरी एक साताभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ। आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापनले कारवाही नगर्ने सहमति पनि भएको छ।

Logo