अब एनओसी २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउँछु -सचिव सुरेश अधिकारी

अब एनओसी २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउँछु -सचिव सुरेश अधिकारी

केन्द्रबिन्दु
490
Shares

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अबको महिना दिनभित्र मन्त्रिपरिषद्मा शिक्षा विधेयक टेबुल गर्ने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै सचिव अधिकारीले शिक्षा क्षेत्रका विज्ञहरुलाई समेटेर नै काम गरिरहेको र छिट्टै मन्त्रिपरिषद्मा शिक्षा विधेयक टेबुल गर्ने बताएका हुन् ।

‘क्याबिनेटमा शिक्षा विधेयक एेन एक महिनाभित्र पुर्याउँछु । शिक्षा सम्बन्धीहरू नीतिनियम कानून बनाईरहेका छौं, सम्बन्धीत क्षेत्रका विज्ञ आदि सबैलाई समेटेर नै काम गरिरहेका छौं ।’ उनले भने ।

साथै सचिव अधिकारीले एनओसी पनि २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । ‘२४ घण्टा भित्रै एनओसी दिन्छौं भनेर घोषणा गरेका छौं, तर कार्यान्वयन हुन सकेको छैन । अब म एनओसी पनि २४ घण्टाभित्र दिने व्यवस्था मिलाउँछु । प्राविधिक तथा सूचनाका कारण पनि एनओसीमा केही ढिलाइ हुने गर्छ ।’ उनले भने ।

Logo