नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले महानायक राजेश हमाल अभिनित सूचनामुलक भिडियो सार्वजनिक गरेकाे छ ।
काठमाडाैंकाे आरन्य बुटिक होटलमा आयोजित कार्यक्रममा महानायक हमाल अभिनित सुचनामुलक मिडियोहरु जारी गरिएकाे हाे । उक्त भिडियोमार्फत वैदेशिक अध्ययनमा जाँदा सोचेर बुझेर मात्र जानुपर्ने एवं समय र प्रविधिको उच्चतम प्रयोग गर्दै कलेज तथा युनिभर्सिटीहरुमा रकम पठाउँदा सम्बन्धित शैक्षिक संस्थाको खातामा मात्र पठाउनु पर्ने जस्ता सन्देश मुलक सुचनाहरु प्रवाह गरिएको थियो ।
त्यस्तै ज्ञानको सिमा असिमित हुने हुँदा उच्च शिक्षाका लागि जहाँ गएर अध्ययन गरिएता पनि आफू जन्मिएको माटो भुल्न नहुने र हासिल गरेको ज्ञान, सिप र अनुभवलाई आफ्नै माटोमा सदुपयोग गर्नुपर्ने भिडियोको सन्देश थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले यस्ता प्रकारका भिडियो सन्देशहरुले समाजमा सकारात्मक सन्देश प्रवाह हुने र माहानायक राजेश हमाल जस्ता ब्यक्तिहरुले यस्ता सन्देशहरु प्रवाह गर्दा सरोकार वालाहरुलाई वैदेशिक अध्ययनको सम्बन्धमा चेतनाको अभिवृद्धि हुने देखिएको भन्दै ज्ञान आर्जन गर्नका लागि संसारमा कुनै सिमा नरहेको बताए ।
ब्राण्ड एवं मिडिया विभागको संयोजक आशिक कार्कीको संयोजनमा तयार पारिएको यस भिडियोले विद्यार्थी, अभिभावक एवम सरोकारवालाहरुलाई समुचित सुझाव दिनेछ भन्ने विस्वास लिइएको छ । वैदेशिक अध्ययनको दृष्टिकोणको बारेमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न यो भिडियो सफल माध्यम हुने इक्यानकाे दाबी छ ।
कार्यक्रम महासचिव दिपकराज भुसालले सञ्चालन गरेका थिए भने भिडियोको अनावरण अध्यक्ष शेषराज भट्टराईलगायत निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पूर्वअध्यक्ष परिषदका संयोजक राजेन्द्र बराल, पूर्व अध्यक्षहरु दिपक गुरुङ्ग तथा बिष्णुहरी पाण्डे, सल्लाहकारहरु एवम कार्यसमितिका पदाधिकारीहरुले संयुक्त रुपमा गरेका थिए





























प्रतिक्रिया