किष्ट कलेजकाे तीन दिने इन्टर कलेज ‘किष्ट ह्याकफेष्ट २०२४’ सम्पन्न

किष्ट कलेजकाे तीन दिने इन्टर कलेज ‘किष्ट ह्याकफेष्ट २०२४’ सम्पन्न

केन्द्रबिन्दु
564
Shares

काठमाडौंको कमलपोखरीमा रहेको किष्ट कलेजमा तीन दिने इन्टर कलेज ‘किष्ट ह्याकफेष्ट– २०२४’ सम्पन्न भएको छ । २५ गतेदेखि २७ गतेसम्म ३ दिन चलेको ‘किष्ट ह्याकफेष्ट’को फाइनल आज भएको हो ।

फाइनलमा प्रमुख अतिथिका रुपमा इन्स्टिच्युट अफ इन्जिनियरिङ्का डिन शशिधर राम जोशी उपस्थित भएका थिए ।

‘टेक फर टुमोरो’ नाम दिइएको ३ दिने ह्याकफेष्टमा विद्यार्थीहरुले एआइएमएल सफ्टवेयर, हेल्थ टेक, एजुकेशन, सस्टेन्सएबल टेकलगायत विभिन्न प्रोजेक्टहरु बनाएका थिए । पहिलो पटक आयोजित ‘किष्ट ह्याकफेष्ट–२०२४ को विजेता केइसी कलेज बन्न सफल भयो ।

केइसी कलेजको प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागिता जनाएका उचित घिमिरे, शुभम काफ्ले, श्रेयस अय्यर र स्वप्निल पौडेलले ३० हजार रुपैयाँका साथैं ४० हजार भन्दा बढी मूल्यका गिफ्टह्याम्परहरु पाए । यसैगरी, दोस्रो स्थान सफ्टवेरिका कलेजले हात पार्न सफल भयो । सफ्टवेरिका कलेजको प्रतिनिधित्व गरेर सहभागिता जनाएका क्रिसन वाग्ले, निश्चय महर्जन, सुशान्त बाबु पर्साइले २० हजार र गिफ्ट ह्याम्परहरु हात पार्न सफल भए ।

यस्तै, तेस्रो स्थान नागार्जुन कलेजले हात पार्न सफल भयो । नागार्जुन कलेजको प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागिता जनाएका गिभर खड्का, निराजन भट्टराई र साधना खड्काले १० हजार रुपैयाँ र गिफ्ट ह्याम्परहरु हात पार्न सफल भए ।

पहिलो श्रेणी हात पार्न सफल केइसी कलेजका शुभम काफ्लेले आफूहरुले प्रतियोगितामा सहभागिता जनाएर आफूहरुले अनुभवका साथै प्रतिस्पर्धात्मक बजारमा कसरी अघि रहने शिक्षा सिकेको बताए । यसैगरी दोस्रो स्थान हात पार्न सफल सफ्टवेरिका कलेजका क्रिसन वाग्लेले टिक वर्कमा काम कसरी गर्ने र डिसिप्लेन भएर काम गर्दा जस्तो सुकै काम पनि सहजै गर्न सकिने बताए ।

ह्याकाथनमा २० भन्दा बढी समूहको सहभागिता रहेको थियो। काठमाडौंमा रहेका विभिन्न आइटी कलेज केइसी, सफ्टवेरिका, नागार्जुन, सेन्ट जेभियर्स, न्यु समिट, लर्ड बुद्ध एजुकेशन र आयोजक किष्ट कलेजलगायत थुप्रै कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Logo