स्मार्ट लाइसेन्स पनि नक्कली भेटियो !

स्मार्ट लाइसेन्स पनि नक्कली भेटियो !


सिमरा

नक्कली स्मार्ट लाइसेन्स लिएर सवारी चलाउने ट्रकका एक चालकलाई सिमरास्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा सिमराबाट प्रहरीले ना ५ ख ९७६४ नम्बरको ट्रकका चालक सरोजकुमार थिङलाई नियन्त्रणमा लिएको हो । थिङबाट ०२०५००००६३७८ नम्बरको नक्कली स्मार्ट लाइसेन्स भेटिएको प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

सवारी चेकजाँच गर्ने क्रममा कम उमेरको चालक देखिएपछि प्रहरीले थिङको लाइसेन्स जाँच गरेको थियो । जाँच गर्ने क्रममा स्मार्ट लाइसेन्स नक्कली देखिएको प्रहरी निरीक्षक हमालको भनाइ छ ।

प्रहरी नियन्त्रणमा रहेका थिङले सात हजार रुपैयाँमा लाइसेन्स किनेको वयान दिएका छन् । पक्राउ परेका चालक थिङलाई सरकारी दस्तखत छाप किर्ते अन्तर्गत कारबाही हुने प्रहरी निरीक्षक हमालले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo