इन्लाइटनद्वारा ‘यूएसए स्कलरसिप डे’ आयोजना, विद्यार्थीहरूलाई शतप्रतिशतसम्म छुटको अफर

इन्लाइटनद्वारा ‘यूएसए स्कलरसिप डे’ आयोजना, विद्यार्थीहरूलाई शतप्रतिशतसम्म छुटको अफर

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । अमेरिकमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्लाइटन इन्टरनेशनल एजुकेशनले ‘यूएसए स्‍कलरसिप डे’ आयोजना गर्ने भएकाे छ ।

कार्यक्रम शुक्रबार बागबजारस्थित इन्लाइटनको केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आयोजना हुनेछ ।
यो विशेष दिनमा विद्यार्थीहरूले अमेरिकाका प्रसिद्ध विश्वविद्यालयहरू जस्तै अविला विश्वविद्यालय, वेबस्टर विश्वविद्यालय, हर्जिङ विश्वविद्यालय, कोनकोर्डिया विश्वविद्यालय, र एलएम कोलेज अफ फेसन र लाइफस्टाइलका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाटको अवसर प्राप्त गर्नेछन् । साे अवसरमा टेस्ट प्रि-परेसन र विश्वविद्यालय छनोट, छात्रवृत्ति, आर्थिक कागजात, तथा भिसा प्रक्रियाका बारेमा परामर्श लिन सक्नेछन् ।

कार्यक्रममा सहभागीहरूलाई मेरिट र प्रोफाइलको आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिनेछ। साथै, परीक्षा तयारी र प्रक्रियामा शतप्रतिशतसम्म छुटको सुविधा उपलब्ध हुने इन्लाइटनले जनाएकाे छ ।

यसैगरी, तत्काल प्रोफाइल मूल्यांकन र स्पट आवेदनको सुविधा पनि उपलब्ध हुनेछ। योग्य विद्यार्थीहरूलाई शून्य आवेदन शुल्कको साथै आश्चर्यजनक उपहार ह्याम्पर, रिचार्ज कार्ड, मुभी टिकटहरू जस्ता विशेष प्रस्तावहरू प्रदान गरिने पनि बताइएकाे छ।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

Skip This
Skip This
Logo