काठमाडाैं । अमेरिकामा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्लाइटन इन्टरनेशनल एजुकेशनले आयोजना गरेको ‘यूएसए स्कलरसिप डे’ आज शुक्रबार बागबजारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आयोजित यो कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयहरू जस्तै अविला विश्वविद्यालय, वेबस्टर विश्वविद्यालय, हर्जिङ विश्वविद्यालय, कोनकोर्डिया विश्वविद्यालय, र एलएम कोलेज अफ फेसन र लाइफस्टाइलका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष भेटघाट गरेका थिए। उनीहरूले विश्वविद्यालय छनोट, टेस्ट प्रिपरेसन, छात्रवृत्ति, आर्थिक कागजात तयारी र भिसा प्रक्रियाका बारेमा विस्तृत परामर्श प्राप्त गरेका थिए। यो अवसरले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक भविष्यको योजना बनाउन ठूलो सहयोग पुर्याउने इन्लाइटन इन्टरनेशनलको विश्वास रहेको छ।
‘यूएसए स्कलरसिप डे’ मा सहभागी विद्यार्थीहरूलाई मेरिट र प्रोफाइलको आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिएको थियो। साथै, टेस्ट प्रिपरेसन र आवेदन प्रक्रियामा ‘शतप्रतिशतसम्म छुट’को व्यवस्था पनि गरिएको थियो। कार्यक्रममा तत्काल ‘प्रोफाइल मूल्यांकन र स्पट’आवेदन को सुविधाले विद्यार्थीहरूलाई आफ्नो आवेदन प्रक्रिया तुरुन्तै अगाडि बढाउन सहज बनाएको थियो। यसैगरी योग्य विद्यार्थीहरूका लागि शून्य आवेदन शुल्क, आश्चर्यजनक उपहार ह्याम्पर, रिचार्ज कार्ड र मुभी टिकट जस्ता विशेष अफरहरूले ‘यूएसए स्कलरसिप डे’ लाई थप रोमाञ्चक बनाएको थियो।
इन्लाइटनले आगामी दिनहरूमा पनि यस्ता उपयोगी र प्रेरणादायी कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । “हामी नेपाली विद्यार्थीहरूको शैक्षिक सपनालाई साकार पार्न सधैँ समर्पित रहनेछौँ,” इन्लाइटनकी कार्यकारी निर्देशक सिता भट्टराईले भनिन् । ‘यूएसए स्कलरसिप डे’ ले विद्यार्थीहरूलाई अमेरिकामा उच्च शिक्षाको बाटोमा एक कदम अगाडि बढाउन प्रेरित गरेको छ ।
साढे एक दशकदेखि विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण प्रदान गर्दै आएको इन्लाइटन इन्टरनेशनल एजुकेशन नेपाली विद्यार्थी र अभिभावकमाझ अत्यन्त लोकप्रिय रहेको छ। सहज भिसा आवेदन प्रक्रिया, विश्वसनीय परामर्श र विद्यार्थीमैत्री सेवाका कारण इन्लाइटनले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।































प्रतिक्रिया