जेभियर एकेडेमीद्वारा २८औं नेफ डे तथा फ्रेसर्स वेलकम प्रोग्राम आयोजना

जेभियर एकेडेमीद्वारा २८औं नेफ डे तथा फ्रेसर्स वेलकम प्रोग्राम आयोजना

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीले २८औं नेफ डे तथा फ्रेसर्स वेलकम प्रोग्राम आयोजना गरेको छ । शुक्रबार र्याडिसन होटलमा २८औं नेफ डे तथा फ्रेसर्स वेलकम प्रोग्राम आयोजना गरिएको हो ।

कार्यक्रममा जेभियर एकेडेमीका अध्यक्ष प्रा.डा. श्रीराम भगत माथे, प्रिन्सिपल रश्मी शर्मा मैनाली, भाइस प्रिन्सिपल प्रकाश श्रेष्ठ, एकेडेमीका पूर्वविद्यार्थी, र हालै प्लस–२ मा भर्ना भएका विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । यसैगरी कार्यक्रमलाई विशेष तथा भब्य बनाउन जेभियर एकेडेमीले हालै भर्ना भएका विद्यार्थीहरुलाई मिस्टर तथा मिसेस फ्रेसर्स शीर्षकमा ट्यालेन्ट राउण्ड तथा क्यू एन ए राउण्ड गरी विजेता विद्यार्थीलाई प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो ।

यसैगरी कार्यक्रमकै बीचमा विद्यालयका विद्यार्थीहरुले नाचगान तथा कविता वाचन पनि गरेका थिए ।

जेभियर एकेडेमीका अध्यक्ष प्रा.डा. श्रीराम भगत माथेले विगत ३ दशकदेखि जेभियर एकेडेमीले देशकै उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै आएको दावी गरे । उनले ३ दशकको यात्रामा जेभियर एकेडेमीले ६ हजार भन्दा बढी विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिएर उनीहरुको करिअर बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।

यसैगरी एकेडेमीकी प्रिन्सिपल रश्मी शर्मा मैनालीले आफ्ना पूर्व विद्यार्थीहरु देशकै उच्च तहहरुमा गएर सफल भएको देख्दा आफू निकै गौरवान्वित भएको बताइन् । उनले हालै भर्ना भएका विद्यार्थीहरुलाई एकेडेमीले शिक्षाका साथै अन्य सबै आधारभुत कुराहरु पूरा गर्नेमा आश्वस्त व्यक्त गरिन् ।

एकेडेमीका भाइस प्रिन्सिपल प्रकाश श्रेष्ठले पनि जेभियर एकेडेमी देशकै उत्कृष्ट एकेडेमीमध्ये एक भएको दावी गरे । उनले आफ्ना विद्यार्थीहरु देश तथा विदेशका हरेक क्षेत्रमा अब्बल काम गर्दै आइरहेको पनि बताए । यसैगरी विद्यालयका पूर्वविद्यार्थीहरुले नयाँ भर्ना भएका विद्यार्थीहरुले जेभिएर छनौट गरेर जीवनकै उत्कृष्ट निर्णय गरेको बताए ।

Logo