चितवन

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा २० प्रतिशत बजेट लगानी गर्नु पर्ने बताएका छन् । "/>

शिक्षामा २० प्रतिशत बजेट लगानी आवश्यक : अध्यक्ष दाहाल

शिक्षामा २० प्रतिशत बजेट लगानी आवश्यक : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

चितवन

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा २० प्रतिशत बजेट लगानी गर्नु पर्ने बताएका छन् । कम्तिमा बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनु पर्नेमा अहिले भैरहेको भन्दा घट्न सक्ने संभावना उनले औंल्याए । भरतपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको गुञ्जनगर माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको शिक्षा नीति नै परिवर्तन गर्नु आवश्यक रहेको बताए । शिक्षामा लगानी बिना देशको विकास र समृद्धिको कुरा गर्नु नै व्यर्थ रहेको उनले दाबी गरे ।

शिक्षा नीतिमा भएको त्रुटीले नै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र भौतिक पुर्वाधार राम्रो बनाउन नसकिएको बताउँदै उनले भने, ‘राम्रो गर्ने सामुदायिक विद्यालय चामलको बिया जस्तै हुँदैछन् ।’ सामुदायिक विद्यालयको स्तर खस्किंदा विद्यालयमा शिक्षक धेरै र विद्यार्थी थोरै हुन सक्ने खतरा प्रति सचेत हुन आवश्यक रहेको उनले बताए । कार्यक्रममा उनले वैज्ञानिक, व्यवसायिक, प्राविधिक र रोजगारी सिर्जना गर्न सक्ने शिक्षा नीति बनाउन जोड दिनु पर्ने बताए ।
नागरिकबाट

Skip This
Logo