काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तक सहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ । "/>

अब संघीय मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

अब संघीय मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तक सहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

आगामी वैशाख २ गते सबै स्थानीयतहका पदाधिकारी, वडाअध्यक्ष, सदस्य सहित कर्मचारीलाई अघिकतम विद्यार्थी विद्यालयमा भर्ना गर्नका लागि विद्यालय भर्ना सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी गराए । विद्यालय तहको शैक्षिक तथ्याङ्क २०७४ अनुसार प्राथमिक तहमा ५–९ वर्ष २ दशमलब ८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका ७ दशमलब ७ प्रतिशत विद्यार्थी विद्यालय भन्दा बाहिर रहेका छन् ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले स्थानीय तहलाई विद्यालय भर्ना अभियान सञ्चालन गर्न निर्णय गरेपछि निर्देशन दिइएको उनले बताए । संविधानको अनुसूची ८ मा आधारभूत र माध्यमिक शिक्षाको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिए अनुसार नै पहिलो पटक स्थानीय तहले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न थालेको हो।
नागरिकबाट

Skip This
Logo