हुम्ला

सरकारले यस आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा लिएर काम कारबाही अगाडि बढाउने बताइरहेको छ । "/>

दरबन्दीको अभावमा गुज्रदै हुम्लाका अधिकांश सरकारी विद्यालयहरु

दरबन्दीको अभावमा गुज्रदै हुम्लाका अधिकांश सरकारी विद्यालयहरु

केन्द्रबिन्दु
0
Shares

हुम्ला

सरकारले यस आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा लिएर काम कारबाही अगाडि बढाउने बताइरहेको छ । ५ कक्षा सम्मको सादा पुस्तकलार्इ विस्थापित गरी रंगिन पुस्तक हुने पनि बताइसकेको छ । तर आवश्यक दरबन्दीको अभावमा गुज्रिरहेका छन् हुम्लाका अधिकांश सरकारी विद्यालय । हुम्लामा ५५ वटा माध्यामिक तह, ५४ वटा निम्न माध्यमिक तह र ९० वटा प्राथामिक तहका विद्यालयहरु छन् । माध्यमिक अन्तर्गत एक विद्यालय बराबर ५ जना दरबन्दी हुनु पर्ने शिक्षा निमावलीमा व्यवस्था छ ।

तर हुम्लाका अधिकांश शिक्षण संस्थामा सो नियम लागु नभइ कागजमै सिमित भएको देखिन्छ । हाल जिल्लाभर सञ्चालित माविमा १ सय २५ जना शिक्षक आवश्यक पर्छ । जहाँ २४ जना दरबन्दीका र १७ जना राहत कोटाका शिक्षक छन् । मावि तहमा मात्रै तत्काल ४१ जना दरबन्दीका शिक्षकको अपुग देखिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत विष्णु बहादुर शाहीले बताए । निम्नमाध्यामिक विद्यालयमा १ सय ६३ शिक्षक आवश्यक पर्छ तर, ७५ जना दरवन्दी र १७ जना राहतका शिक्षक छन् ।

त्यसैगरी ९० वटा प्राथामिक तहको कक्षा सञ्चालन हुने विद्यालय सहित निम्नमाध्यामिक र माध्यमिक विद्यालयसँगै जोडिएको प्रावि तहका विद्यालयको कुल संख्या १ सय ३८ छ । प्राथमिक तहमा ४ सय १४ दरवन्दी आवश्यक रहेकोमा ३ सय १७ जना शिक्षकको भरमा थामिएको छ । प्रावि तहमा ५४ दरबन्दी आवश्यक रहेको शाखा अधिकृत शाहीले बताए । उनका अनुसार हाल प्रावि तहमा ३ सय १९ दरबन्दी र ४१ जना राहत शिक्षक छन् । अन्य प्रथामिक विद्यालयमा बाल विकास केन्द्रका सहजकर्ताले विद्यालय सञ्चालन गर्ने गरेको उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo