चितवन
चितवन भरतपुरको ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गर्दा मापदण्ड नपुगेको स्विकारेको छ । मापदण्ड नै नपुगेको कलेजलाई सम्बन्धन दिने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति भने सम्पर्कविहीन भएका छन् । ओएसिसले नर्सिङ काउन्सिलले तोकेको मापदण्ड नपुर्याई नर्सिङ कक्षा सञ्चालन गरेको खुलासा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन सुरु गरेको छ । छानबिन क्रममा मन्त्रालयमा उपस्थित भएका कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक मनोजकुमार चौधरीले आफूहरूबाट गल्ती भएको स्विकारेका थिए ।
शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम शाखाका उपसचिव लक्ष्मीकुमार खड्कासँग कलेज अध्यक्ष चौधरीले गल्ती स्विकारेको स्रोतले बतायो । ‘हामीबाट गल्ती भएको छ । तपाईंहरू जे गर्ने हो, गर्नुहोस्’ चौधरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘विद्यार्थीको भविष्य पनि हेरविचार गरी समस्या सल्टाउनु पर्यो।’ मन्त्रालय गएका नर्सिङ काउन्सिलका पदाधिकारीले भने मापदण्ड नै नपुर्याएको कलेजलाई सम्बन्धन दिएर त्रिभुवन विश्वविद्यालयले गल्ती गरेको बताएका थिए ।
कलेजका अध्यक्ष र नर्सिङ काउन्सिलका पदाधिकारी बीच प्रारम्भिक छलफलपछि मन्त्रालयले विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलाई सम्पर्कको प्रयास गरिरहेको छ। मन्त्रालयका प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमले शिक्षण संस्थालाई मान्यता दिने काम नर्सिङ काउन्सिलको भएको बताए।
यसै विच कलेजलाई सम्बन्धन दिने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास सम्पर्कविहीन हुँदा कलेजलाई कारबाही गर्ने प्रक्रिया नै रोकिएको छ । शिक्षा मन्त्रालय, प्राविधिक महाशाखाका सहसचिव गौतमले पटक–पटक सम्पर्क गर्दा पनि उपकुलपतिको फोन नउठेको बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया