काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी केन्द्रीय निर्वाचनमा केन्द्रीय सचिव पदका लागि आशिक कार्कीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
हाल कोषध्यक्ष पदमा कार्यरत कार्कीले सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको आगामी पुस २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ ।
उम्मेदवारी घोषणा गर्दै उनले “इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ!” भन्ने मूल नारासहित संस्थालाई थप गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्कीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
उनी यसअघि एक कार्यकाल कार्यसमिति सदस्य भइसकेका छन् भने हाल कोषाध्यक्ष तथा मिडिया विभाग संयोजकको जिम्मेवारीमा रहेका छन् । उनले कोषाध्यक्षको रूपमा आफ्नो कार्यकालमा इक्यानलाई आर्थिक तथा व्यवस्थापकीय रूपमा कर्पोरेट उचाइतर्फ उन्मुख गराउन सफल भएको उल्लेख गर्दै कार्कीले अब संस्थाको प्रशासनिक र रणनीतिक कार्यलाई अझ सुदृढ बनाउन सचिव पदमा उम्मेदवारी दिएको बताएका छन् ।
आफ्नो अनुभव, निरन्तरता र स्पष्ट दृष्टिकोणका माध्यमबाट इक्यानलाई बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अघि बढाउन उनले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।





























प्रतिक्रिया