काठमाडौं । शैक्षिक परामर्श संस्थाहरूको छाता सङ्गठन नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आगामी नेतृत्वका लागि दिपकराज भुसालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
हाल महासचिव पदमा कार्यरत भुसालले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको आगामी पुस २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ ।
हाल इक्यानकाे महासचिव पदमा कार्यरत भुसाल एक अनुभवी र व्यावहारिक परामर्शदाताको रूपमा परिचित छन् ।
बागबजारस्थित इन्लाइटन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक समेत रहेका भुसाल एक अनुभवी र व्यावहारिक परामर्शदाताको रूपमा परिचित छन् । परामर्श कक्षमै बसेर विद्यार्थी र अभिभावकका सपना, डर र अन्योलता सुन्दै आफ्नो पेशागत यात्रा सुरु गरेका भुसालले आजसम्म विद्यार्थी र परिवारलाई वैदेशिक अध्ययनमा विश्वसनीय परामर्श दिन्छन् । यही अनुभवका कारण विदेश अध्ययनलाई कागजी प्रक्रिया मात्र नभई जीवनको महत्वपूर्ण निर्णयका रूपमा बुझ्ने दृष्टिकोण उनको पहिचान बनेको छ ।
विद्यार्थीहरू फरक पृष्ठभूमि, क्षमता र आर्थिक अवस्थासहित परामर्श कक्षमा आउने यथार्थ भुसालले नजिकबाट देखेका छन्। कसैका लागि विदेश अध्ययन अवसरको ढोका बन्छ भने कसैका लागि जोखिमपूर्ण निर्णय पनि हुनसक्छ । त्यसैले हतारमा निर्णय गराउनु भन्दा विद्यार्थीको अवस्था बुझेर, समय दिएर परामर्श गर्नुपर्नेमा उनी सधैं जोड दिन्छन्। यही जिम्मेवारीबोधले उनको परामर्श शैलीलाई अन्यभन्दा फरक बनाएको छ ।
लामो समयसम्म क्षेत्रमै सक्रिय रहँदा भुसालले शैक्षिक परामर्श क्षेत्रका उज्यालो र अँध्यारा दुवै पक्ष अनुभव गरेका छन् । नीतिगत अस्पष्टताका कारण विद्यार्थी र परामर्शदाता दुवै समस्यामा पर्ने अवस्था, केही गलत अभ्यासका कारण समग्र क्षेत्रको छवि कमजोर बन्ने अवस्था उनले नजिकबाट देखे। यिनै अनुभवहरूले यो क्षेत्र व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउनु अपरिहार्य छ भन्ने निष्कर्षमा उनलाई पुर्याएकाे छ ।
लामो समयसम्म क्षेत्रमै सक्रिय रहँदा भुसालले शैक्षिक परामर्श क्षेत्रका उज्यालो र अँध्यारा दुवै पक्ष अनुभव गरेका छन् ।
यहि सोचका साथ इक्यानमा पाइला चालेका उनले विसं २०६६ सालमा इक्यानको सदस्यता लिए । औपचारिकता मात्रै नभई सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रका लागि सर्मपण हुने अठोटका साथ अघि बढेका उनी निरन्तर पाइला चालिरहे । त्यसपछि विसं २०६८ सालमा अतिरिक्त विभाग समितिको सदस्य बनेपछि उनले संघको भित्री संरचना र निर्णय प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाए ।
अन्ततः विसं २०७२ सालमा निर्वाचित कार्यसमिति सदस्य बनेसँगै उनको भूमिकाले औपचारिक जिम्मेवारी पायो । अध्यक्ष प्रकाश पाण्डे र महासचिव सन्तोष प्याकुरेलको कार्यकालमा अतिरिक्त विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले सदस्य केन्द्रित कार्यक्रमहरू अघि बढाए। कम खर्चमा व्यापक सहभागिता सुनिश्चित गर्ने प्रयासले संगठनभित्र उनको विश्वास बढ्दै गयो।
विसं २०७५ सालमा प्रथम सचिवको जिम्मेवारी पाएका भुसाल संघको प्रशासन, कार्यक्रम व्यवस्थापन, आर्थिक पारदर्शिता र राज्यसँगको संवादमा अझ सक्रिय देखिए । यही अवधिमा भुसालले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी नीतिगत अस्पष्टताका विषयमा संघको तर्फबाट सक्रिय पहल गरे । करिब ८० भन्दा बढी सांसद, मन्त्री, नीति निर्मातासँग प्रत्यक्ष संवाद गर्दै ज्ञापनपत्र बुझाइएको यो प्रयास इक्यानको इतिहासकै सबैभन्दा व्यापक नीतिगत संवादमध्ये एक मानिन्छ।
करिब ८० भन्दा बढी सांसद, मन्त्री र नीति निर्मातासँग प्रत्यक्ष संवाद गर्दै ज्ञापनपत्र बुझाइएको यो प्रयास इक्यानको इतिहासकै सबैभन्दा व्यापक नीतिगत संवादमध्ये एक मानिन्छ।
विसं २०७६ सालमा भुसाल सर्वसम्मत रूपमा इक्यानका महासचिव चयन भए। त्यसपछि निर्वाचन प्रक्रियाबाट दोस्रो कार्यकाल पाउनु उनको संगठनभित्रको स्वीकार्यता र भरोसाको प्रमाणका रूपमा हेरिन्छ। महासचिवको भूमिकामा रहँदा उनले संघलाई आर्थिक, प्रशासनिक र संगठनात्मक रूपमा स्थिर बनाउने प्रयासलाई प्राथमिकता दिएका छन्।
तर, बिडम्बना उनको उत्कृष्ट योगदानकै बिच सन् २०१९ मा नेपालमा कोभिड १९ महामारीसँगै शैक्षिक परामर्श क्षेत्र गम्भीर संकटमा पर्यो । तर यस्तो कठिन समयमा पनि उनले हार मानेनन् । यस्तो कठिन समयमा भुसालको नेतृत्वमा इक्यानले सहयोग कक्ष सञ्चालन, सहुलियत ऋणको पहल, अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय र भर्चुअल कार्यक्रमहरू सञ्चालन गर्दै सदस्यहरूलाई जोडिराख्ने प्रयास गर्यो।
भुसालको दृष्टिकोणबाट शैक्षिक परामर्श क्षेत्र साधारण व्यवसाय होइन। यो विद्यार्थीको भविष्य, अभिभावकको भरोसा र देशको मानव संसाधनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। उनी स्पष्ट नीति, व्यवहारिक नियम र उच्च नैतिक मापदण्डको संयोजनमार्फत मात्र यो क्षेत्र दीर्घकालीन रूपमा स्वस्थ बन्न सक्छ भन्ने मान्यता राख्छन्।































प्रतिक्रिया